मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सेयर बजारमा करेक्सन,२८ अर्ब ८३ करोड ६९ लाखको कारोबार

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 341
    SHARES
  • आइतबार सेयर बजारमा करेक्सन,२८ अर्ब ८३ करोड ६९ लाखको कारोबार

    काठमाडौं । साता पहिलो कारोबार दिन आइतबार सेयर बजारमा करेक्सन आएको छ । 

    images

    आज बजार ३४.४७ अंकले घटेर बजार २९६६.३३ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आइतबार ३०४७ को बिन्दुसम्म पुगेको बजार व्यापक उतारचढाव हुँदा २९४७ सम्म झरेको थियो। 

    images

    ४७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार १९७ कम्पनीको सेयर मूल्य घटेको छ।

    गएको साता अन्तिम कारोबारमा बिहिबार ४३.०५ अंकले बढेर ३०००।८१ को बिन्दुमा पुगेको बजारमा २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # सेयर बजार