काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।
आइतबारको रेकर्ड मूल्यबाट ३ सय रुपैयाँ घट्दै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ५२३ हजार ६ सय रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य तोलामा १ हजार ८ सय १० रुपैयाँ छ । अघिल्लो दिन पनि चाँदी तोलामा सोही मूल्यमा कारोबार भएको थियो ।
.jpg)


