सोमबार, कार्तिक १७ गते २०८३
images
images

जनताको अधिकार खोस्न संविधान संशोधन गर्न लागिएको होइन :उपप्रधानमन्त्री सिंह

एक्सप्रेस पाना
भाद्र ३, २०८१ सोमबार
  • 230
    SHARES
  • जनताको अधिकार खोस्न संविधान संशोधन गर्न लागिएको होइन :उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन्।

    images

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर बताउँदै जनताको अधिकार खोस्न लाग्यो भन्ने कुरामा सत्यता नरहेको बताएका हुन्।

    ‘कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन,’ उनले भने।

    images

    राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए।

    ‘सात÷आठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठूला दुई दल मिलेको छौं, यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ, अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ,’ उनले भने।