काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्रा सस्तिएका छन्। तर, अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४० रुपैयाँ निर्धारण भएको छ।

.jpg)


