बुधबार, भाद्र २४ गते २०८३
images

साना पुजीबाट उत्पादनवृद्धि हुने उद्योगहरु स्थापना र विस्तार गर्न प्रधानमन्त्री ओलीको आग्रह

एक्सप्रेस पाना
भाद्र ५, २०८१ बुधबार
  • 305
    SHARES
  • साना पुजीबाट उत्पादनवृद्धि हुने उद्योगहरु स्थापना र विस्तार गर्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।

    images

    बुधबार स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् ।

    उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिए । 

    images

    उनले भने,“हामीले प्रविधि, सीप र पुजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी  उधमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन ।“, । “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।“

     

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली