काठमाडौं । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले सुवासचन्द्र बरालको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको छ ।
बुधबार ललितपुरमा उमेदवारी घोषणा सभा गर्दै प्यानल नै सार्वजनिक गरेको हो ।
घोषणासभामा बोल्दै अध्यक्षका उमेदवार बरालले आफ्नो २४ वर्ष लामो पेशागत अनुभवलाई संस्थाको गरिमा वृद्धि गर्न, इञ्जिनियरहरूको हकहितको रक्षा गर्दै देश निर्माणमा प्रयोग गर्ने बताए ।
सिडेनले नेपाल इन्जिनियर्स एसोसियसनको सबलिकरण, इञ्जिनियरहरूको क्षमता अभिवृद्धि तथा पेशागत सहयोग, एकता सहकार्य तथा गुणस्तरसहितको सामाजिक आदर्श निर्माण र हकहितको संरक्षण तथा पैरवी गर्ने प्रतिवद्दता पनि सार्वजनिक गरेको छ ।
इञ्जिनियर सुवास चन्द्र बराल अध्यक्ष, इ.प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव छन् । अध्यक्षका उमेदवार चितवन निवासी बराल २ दशकदेखि उर्जाक्षेत्रमा सक्रिय रहँदै आएका छन । महासचिव पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् ।
भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक समुहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो ।
त्यस्तै बाग्मति प्रदेश तेस्रो प्रदेश कार्यकारिणी समितिका लागि इञ्जिनियर बलराम पुडासैनी अध्यक्ष रहेको प्यानल घोषणा भएको छ ।
.jpg)


