आइतबार, कार्तिक १६ गते २०८३
images
images

    तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध    

एक्सप्रेस पाना
श्रावण ३, २०७८ आइतबार
  • 856
    SHARES
  •     तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध    

    जोरायल गाउँपालिका वडा नं ५ र ६ मा तीन दिनदेखि फोन सेवा अवरुद्ध भएको छ । फोन अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रका नागरिक तीन दिन देखि सेवाबाट वञ्चित भएका छन् ।     
         
    शुक्रबार साँझ गुनड तथा गोबडालेकमा रहेका रिपिटर स्टेशनमा वर्षाका कारण खराबी आएपछि यहाँका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका स्थानीयवासी डम्बर विष्टले जानकारी दिनुभयो । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही निकै मर्कामा परेका छन् ।     
         
    उक्त टावरबाट जिएसएम र सिडिएमए सेवा अवरुद्ध भएका छन् । नेपाल टेलिकमका फोन अवरुद्ध भएपछि यहाँका सेवाग्राहीलाई एनसेलको भर पर्नुपर्ने अवस्था आएको जोरायल–६ का महेन्द्र बोहराले बताउनुभयो । अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि यहाँका नागरिकले घण्टौ लगाएर आफँै सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय वासीको गुनासो छ । रासस      

    images