सोमबार, कार्तिक १७ गते २०८३
images
images

सांसद दाहालको प्रश्न:त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त कहाँ सुरक्षा दिन सकिन्छ?

एक्सप्रेस पाना
भाद्र ६, २०८१ बिहीबार
  • 358
    SHARES
  • सांसद दाहालको प्रश्न:त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त कहाँ सुरक्षा दिन सकिन्छ?

    काठमाडौं । सांसदहरुले त्रिभुवन विश्वविद्यालयको सुरक्षाको बिषयलाई लिएर संसदमा प्रश्न उठाएका छन् । 

    images

    बिहिवार बसेको प्रतिनिधी सभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयमा के भएको हो सत्यतथ्य जानकारी गराउनुपर्ने बताए ।

    उनले त्रिविमा असुरक्षा हुन्छ भने अन्त कहाँ सुरक्षा दिन सकिन्छ? सरकार छ कि छैन? भन्दै प्रश्न गरेका छन् । उनले  सरकार छ भने टियूमा सुरक्षा दिननुपर्ने बताए । 

    images

    उनले भने,"त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त कहाँ सुरक्षा दिन सकिन्छ? सरकार छ कि छैन?  सरकार छ भने टियूमा सुरक्षा दिनुपर्‍यो,’। ’समस्या के हो? यदी राजनीतिक समस्या हो भने वार्ताबाट हल गर्नुपर्‍यो। गुण्डागर्दी हो भने कानुनी प्रक्रियाबाट नियन्त्रण गर्नप¥यो। कुनैपनि हालतमा त्रिविमा असुरक्षा छ भन्ने लज्जास्पद कुरा गर्न सुहाउँदैन," । 

     

  • सम्बन्धित विषय:

  • # लेखनाथ दाहाल