मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिहीबार सेयर बजारमा सामान्य अंकको वृद्धि,१९ अर्ब १६ करोड ६ लाखको कारोबार

एक्सप्रेस पाना
भाद्र ६, २०८१ बिहीबार
  • 165
    SHARES
  • बिहीबार सेयर बजारमा सामान्य अंकको वृद्धि,१९ अर्ब १६ करोड ६ लाखको कारोबार

    काठमाडौं । साताको  अन्तिम कारोबारमा बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ६.०१ ले बढेर २९७४.४६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    बिहीबार बजारमा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। 

    images

    आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

    बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे ।