मंगलबार, कार्तिक १८ गते २०८३
images
images

साफ यू–२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै

एक्सप्रेस पाना
भाद्र ७, २०८१ शुक्रबार
  • 204
    SHARES
  • साफ यू–२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा आज भारत र माल्दिभ्स भिड्दैछन्। 

    images

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। 

    यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ। सेमिफाइनलमा पुग्नका लागि समूह बी का तीनै टोलीको बाटो खुला छ। आजको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरे समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ। 

    images

    माल्दिभ्सले भारतविरुद्ध जित निकाले पनि हेड टु हेडमा भुटान सेमिफाइनलमा पुग्नेछ। यद्यपी फराकिलो अन्तरको जितले भने माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ। 

    समूह बीको विजेता टोलीले समूह ए को उपविजेता बंगलादेशविरुद्ध खेल्नेछ। समूह उपविजेता हुने टोलीले भने समूह बी को विजेता टोली नेपालसँग खेल्नेछ।

  • सम्बन्धित विषय:

  • # साफ यू–२० च्याम्पियनसिप