काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेको बयान लिएको हो ।
समितिले लामिछानेलाई आज बयानका लागि बोलाएको थियो ।
लामिछानेमाथि सूर्य दर्शन, सानो पाइलालगायत सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोप छ ।
.jpg)


