काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
शुक्रबार तोलामा १ लाख ५१ हजार ४०० सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८५० रुपैयाँमा कायम भएको छ ।


