सोमबार, कार्तिक १७ गते २०८३
images
images

कुमारी बैंकका ग्राहकहरूलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा विशेष छुट

एक्सप्रेस पाना
भाद्र ९, २०८१ आइतबार
  • 224
    SHARES
  • कुमारी बैंकका ग्राहकहरूलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा विशेष छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images

    सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरू लिए बापत कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड बाट भुक्तानी गर्दा १५ प्रतिशसम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैंकका ग्राहकहरूलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ ।

    विगत २३ बर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कुमारी बैंक
  • # दि ह्वाइट आर्क डेन्टल क्लिनिक