काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरणअनुसार सो आवको वितरणयोग्य नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ ।
यस्तै बैठकले ७ प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ । बैठकले आव २०७९र८० को वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनश सेयर प्रदान गर्न सकिने भएकोले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाखको ७ प्रतिशत बराबरको मात्र हकप्रद सेयर जारी गरी न्यूनतम चुक्तापूँजी कायम गर्न सकिने भएकोले पूर्व घोषित १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पुनरावलोकन गर्ने निर्णय गरेको छ ।
हकप्रद र लाभांशको प्रस्ताव नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिको लागि लेखि पठाउने र नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भए पश्चात् आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने कम्पनीले जनाएको छ ।


