काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
आज बजार १११.९६ अंकले घटेर २७८२ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा २० कम्पनीको मूल्य बढ्दा २२३ कम्पनीको मूल्य घटेको छ ।


