मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

एक्सप्रेस पाना
भाद्र १२, २०८१ बुधबार
  • 326
    SHARES
  • बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार तीव्र उतारचढावबीच सामान्य अंक बढेको छ । 

    images

    आज बजार ३.८ अंकले बढेर २७८६ मा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । आज १३ अर्ब ७२ करोडको कारोबार भएको छ । 

    images

    आज बैंकिङ समूहको सूचक ०.९२, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढे भने विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार समूह १.४३ प्रतिशत घटे ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार