शनिबार, भाद्र २७ गते २०८३
images

देशभर ५ हजार ५८९ जनामा डेंगु सङ्क्रमण

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 263
    SHARES
  • देशभर ५ हजार ५८९ जनामा डेंगु सङ्क्रमण

    काठमाडौं । देशभर डेंगु सङ्क्रमितको संख्या ५ हजार ५८९ जना पुगेको छ । 

    images

    पछिल्लो पटक ४७० जना डेंगु सङ्क्रमित थपिएका हुन् ।  देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । 

    देशभर ७७ मध्ये हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

    images

    डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् ।

  • सम्बन्धित विषय:

  • # डेंगु सङ्क्रमण