सोमबार, कार्तिक १७ गते २०८३
images
images

काँग्रेसको कानून विभागमा १० सदस्य मनोनीत

एक्सप्रेस पाना
भाद्र १४, २०८१ शुक्रबार
  • 211
    SHARES
  • काँग्रेसको कानून विभागमा १० सदस्य मनोनीत

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानून विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

    images

    सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कांग्रेस कानून विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका हुन् ।

    सदस्यमा मनोनीत हुनेमा शिवराज पाण्डे, कञ्चनपुर, कलमबहादुर खत्री, सुर्खेत, दिपकराज गौतम, दाङ, ध्रुव श्रेष्ठ, सुर्खेत, दुर्गाबहादुर सुनार, कास्की, रामचन्द्र गौतम, रूकुम पश्चिम,  खिल गिरी, धादिङ, मन्दिरा शर्मा, काभ्रेपलाञ्चोक, अनिलकुमार कर्ण, धनुषा र शोभा घिमिरे, संखुवासभा रहेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    images