शनिबार, भाद्र २७ गते २०८३
images

देशभरमा ७५ जनामा हैजा संक्रमण

एक्सप्रेस पाना
भाद्र १६, २०८१ आइतबार
  • 243
    SHARES
  • देशभरमा ७५ जनामा हैजा संक्रमण

    काठमाडौं । देशभरका ६ जिल्लामा हैजा फैलिएको छ । 

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार पछिल्लो पटक रोल्पाका ४ जनालाई हैजा पुष्टि भएको छ । 

    ईडीसीडीका अनुसार साउन ४ यता देशभर ७५ जनामा हैजा पुष्टि भएकोमा ७४ जना निको भइसकेका छन् भने एक जना अस्पताल भर्ना भइ उपचाररत छन् ।

    images

    देशभर पुष्टि भएको हैजा सङ्क्रमितमध्ये रोल्पाका ४ जना बाहेक ५० जना ललितपुरका छन् । यस्तै, काठमाडौँका १० जना, कैलालीका ८ जना छन् । यस्तै, मकवानपुरमा १ जनालाई सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । दूषित पानी तथा खानेकुरा सेवनले हैजा सङ्क्रमण हुन्छ । पिउने पानी र उपभोग्य वस्तुको शुद्धतामा ध्यान दिन चिकित्सकले सुझाएका छन् । 

  • सम्बन्धित विषय:

  • # हैजा संक्रमण