असोज १८ काठमाडौं । आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि सम्झौता घोषणा गरिएको छ
मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल मुनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ । यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टोबर ३० मा सम्पन्न हुँदैछ भने अक्टोबर १० मा क्वार्टर फाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जस अन्तर्रगत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ । त्यस्तै उक्त एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरुका लागि एप स्टोरमा उपलब्ध छ ।
.jpg)


