बुधबार, भाद्र २४ गते २०८३
images

क्यानडामा हुने एकदिवसीय सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

एक्सप्रेस पाना
भाद्र १६, २०८१ आइतबार
  • 292
    SHARES
  • क्यानडामा हुने एकदिवसीय सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडामा अर्को महिना हुने एकदिवसीय सिरिजको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ।

    images

    यसअघि भारतको बेंगलुरुमा दुई साता अभ्यास गरेर नेपाल फर्किएको टोली आइतबार श्रीलंका प्रस्थान गरेको हो।

    नेपालले सोमबारदेखि तयारी थाल्नेछ। त्यसक्रममा नेपालले श्रीलंकाको डेभलवमेन्ट टोलीसँग तीन वटा अभ्यास खेल खेल्नेछ। 

    images

    नेपालले मंगलबार, शुक्रबार र शनिबार अभ्यास खेल खेल्ने कार्यक्रम छ। 

    नेपाली टोलीमा १९ खेलाडी छनोट भएका छन् भने यसअघि टोलीमा रहेका कमलसिंह ऐरी, बसिर अमहद र सूर्य तामाङ टोलीबाट बाहिरिएका छन्।

    नेपालले क्यानडामा लिग–२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो। क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ।

     

  • सम्बन्धित विषय:

  • # नेपाली क्रिकेट टोली
  • # विश्वकप लिग–२