काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ,६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको पुष्टि भएको छ ।
अगस्ट ३० सम्ममा ६ हजार ३४७ जनामा संक्रमण भएको छ । ७७ मध्ये ७५ जिल्लामा डेंगु फैलिएको छ ।
सबैभन्दा प्रभावित तनहुँ, कास्की, पर्वत, चितवन, र काठमाडौंमा पाँच सयभन्दा बढी सङ्क्रमित छन् ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो, जसले दिनको समयमा विशेषगरी आक्रमण गर्दछ । यो लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ, जसले गर्दा सङ्क्रमण तीव्र गतिमा फैलिन सक्छ ।


