बुधबार, भाद्र २४ गते २०८३
images

एन्फा महिला लिगमा कोशी प्रदेशकोे विजयी सुरुवात

एक्सप्रेस पाना
भाद्र १६, २०८१ आइतबार
  • 268
    SHARES
  • एन्फा महिला लिगमा कोशी प्रदेशकोे विजयी सुरुवात

    काठमाडौं । आइतबारबाट सुरु भएको एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ। 

    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

    खेलको १०औं मिनेटमै सन्जुको गोलमार्फत कोशीले सुरुआती अग्रता बनाएको थियो। वालिङ विरुद्ध मैदानमा बलियो देखिएको कोशीले त्यसपछि पनि लगातार गोलका मौका बनाएपनि पहिलो हाफमा थप गोल गर्न भने सकेन्। यद्यपि दोस्रो हाफमा कोशीले सुरुवातमै अग्रता बनायो।

    images

    ५१ औं मिनेटमा समीक्षाले टिमको अग्रता दोब्बर बनाउँदा त्यसको आठ मिनेटपछिनै  उनले व्यक्तित दोस्रो र टिमका लागि तेस्रो गोल सम्भव बनाइन्। ६९औं मिनेटमा यमकुमारीले आफ्नै पोस्टमा गोल गर्न पुग्दा कोशीले ४–० को अग्रता बनायो।

    उक्त अग्रतालाई अन्तिम सम्म कायम राख्दा कोशीले महत्वपूर्ण ३ अङ्क हासिल गर्न सफल भयो। सोमबार सुदूरपश्चिम प्रदेशले बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ। सुदूरपश्चिम एन्फा महिला लिग छनोट पार गरेर आइपुगेको हो। बागमतीलाई भने एन्फाले सीधै लिगमा स्थान दिएको टोली हो।

  • सम्बन्धित विषय:

  • # एन्फा महिला लिग