काठमाडौं । आज भाद्र कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन ।
आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।
सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।
आजको दिन बुवालाई मिठा परिकार तथा उपहार, सम्मान प्रकट गर्दै मनाइँदैछ ।
आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आज काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ ।
यसैबीच, भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने चलन छ ।
.jpg)


