काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।
आज तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
.jpg)


