सोमबार, कार्तिक १७ गते २०८३
images
images

गण्डकीमा टुंगियो मन्त्रालय भागबण्डा,प्रकाश केसीले पाए भौतिक पूर्वाधार मन्त्रालय

एक्सप्रेस पाना
भाद्र १७, २०८१ सोमबार
  • 232
    SHARES
  • गण्डकीमा टुंगियो मन्त्रालय भागबण्डा,प्रकाश केसीले पाए भौतिक पूर्वाधार मन्त्रालय

    काठमाडौं । गण्डकी प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ। 

    images

    कांग्रेस र एमालेबीच भएको भागबण्डा अनुसार एमालेका प्रकाश केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पाएका छन् भने एमालेबाट मन्त्री बनेका पद्मा जिसीलाई कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालय, कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ।

    यस अघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय राजीव गुरूङ ‘दीपक मनाङे’ले सम्हालेका थिए। अब मनाङेले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन्।

    images

    कांग्रेसबाट मन्त्री बनेका टकराज गुरूङ आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाएका छन्।

    यस्तै, बिन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा ऊर्जा, जलस्रात तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।