सोमबार, कार्तिक १७ गते २०८३
images
images

गण्डकीका ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
भाद्र १७, २०८१ सोमबार
  • 212
    SHARES
  • गण्डकीका ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनामन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

    images

    सोमबार नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिएका हुन्।

    उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका छन्। 

    images

    जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।