काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार १२७.३२ अंकले बढेर २८२३.२५को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । निरन्तर आरालो लागेको बजार आज उकालो लागेको हो ।
आज कारोबार रकममा पनि वृद्धि भएको छ । आइतबार १० अर्ब ५१ करोडको कारोबार भएको बजारमा आज १३ अर्ब १० करोडको कारोबार भएको छ । आज कारोबारमा आएका कम्पनी मध्ये २४९ वटा कम्पनीको मुल्य बढेको छ भने ५ वटा कम्पनीको मुल्य घटेको ।
सोमबार सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो ।


