आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज बस्दै

एक्सप्रेस पाना
भाद्र १८, २०८१ मंगलबार
  • 222
    SHARES
  • प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । 

    images

    बैठक १ बजे बस्नेगरी बोलाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    आज बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

    images

    त्यसैगरी सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । 

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१“ र “सार्वजनिक सेवा प्रशारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्ने कार्यसूची रहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक