शनिबार, भाद्र २७ गते २०८३
images

देशभर ६ हजार ८३१ जनामा डेंगु संक्रमण

एक्सप्रेस पाना
भाद्र १८, २०८१ मंगलबार
  • 231
    SHARES
  • देशभर ६ हजार ८३१ जनामा डेंगु संक्रमण

    काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ६ हजार ८०० नाघेको छ ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २ सेप्टेम्बरसम्म ६ हजार ८३१ जना संक्रमित भएका छन् भने डेंगी संक्रमणबाट हालसम्म चारजनाको मृत्यु भएको छ ।

    तनहुँमा सबैभन्दा धेरै एक हजार १४९ जनामा संक्रमण पुष्टि भएको छ ।  

    images

    यस्तै, कास्कीमा ७६४, पर्वतमा ६५७, काठमाडौंमा ५५२, चितवनमा ५५३, गोरखामा २६२, झापमा १६८, मकवनापुरमा १२५, ललितपुरमा ११९, स्याङ्जामा ११५, भोजपुरमा १०४, पाल्पमा ११०, काभ्रेमा १० र कैलालीमा १०३ जना संक्रमित भएका छन् । 

    यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # डेंगु संक्रमण