मंगलबार, कार्तिक १८ गते २०८३
images
images

टानको अध्यक्षमा सागर पाण्डे विजयी

एक्सप्रेस पाना
भाद्र १८, २०८१ मंगलबार
  • 209
    SHARES
  • टानको अध्यक्षमा सागर पाण्डे विजयी

    काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् ।

    images

    कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन्। मंगलबार बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरे ।

    पाण्डेलाई माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो। टानको वरिष्ठ उपाध्यक्षमा भने सापकोटा प्यानलका कर्मा शेर्पा विजयी भएका छन् । उनले ५५८ मत पाउँदा पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएको निर्वाचन समितिले जनाएको छ।

    images

    टानको प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भए भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भए । महसचिवमा पाण्डे समूहका सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन्। उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन्।

    त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्। सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन्।

     

  • सम्बन्धित विषय:

  • # टान
  • # सागर पाण्डे