सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस र एमालेबीच भएको सात बुदे सहमति कार्यान्वयन गर्न दुवै दल प्रतिबद्ध छौं :गृहमन्त्री लेखक

एक्सप्रेस पाना
भाद्र १९, २०८१ बुधबार
  • 208
    SHARES
  • कांग्रेस र एमालेबीच भएको सात बुदे सहमति कार्यान्वयन गर्न दुवै दल प्रतिबद्ध छौं :गृहमन्त्री लेखक

    काठमाडौं । कांग्रेस र एमालेबीच असार १७ मा भएको सात बुदे सहमति इमान्दार रुपमा कार्यान्वयन गर्न दुवै दल प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकले बलाएका छन् । 

    images

    बुधबार कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन।
    उनले कांग्रेस र एमालेबीच भउको सात बु‘दे सहमति कार्यान्वयनमा कसैलाई पनि शंका नगर्न आग्रह गरे ।  

    लेखकले भने, ‘कांग्रेस र एमालेकाबीचमा भएको सम्झौतालाई हामी इमान्दारीपूर्वक कार्यान्वयन गर्छौँ, र यसको कार्यान्वयनमा कसैलाई पनि शंका नगर्न आग्रह गर्दछु,’  ‘नेपाली कांग्रेस पूर्ण प्रतिबद्ध छ। एमालेले पनि यो सहमतिको विकल्प नभएकाले कार्यान्वयनमा दृढता व्यक्त गरेको छ।’ 

    images

    सघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी चरित्रलाई थप सुदृढ बनाउनेगरी  संविधान संशोधन गरिने भएकाले यसमा शंका नगर्न समेत उनले उल्लेख गरे। 

    ‘संविधान संशोधनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राख्ने, यदाकदा अपव्याख्या गर्ने र यसैमा राजनीति गर्ने उद्देश्य नराख्न अनुरोध गर्दछु,’ नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री लेखकले भने, ‘कतिपय साथीहरू र पार्टीहरू संशोधनको कुरा गर्दा झस्किनुहुन्छ, नझस्किनुस्, राज्यको समावेशी चरित्रलाई थप समावेशी बनाउने गरि संविधान संशोधन गरिनेछ।’

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री रमेश