मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार १२.१० अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र २०, २०८१ बिहीबार
  • 204
    SHARES
  • बिहिबार १२.१० अंकले घट्यो सेयर बजार

    काठमाडौं । वृद्धितर्फ लागिरहेको सेयर बजारमा यो साताको कारोबार पनि उतारचढावमा नै देखिएको छ।

    images

    साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    आज १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ। १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    दुई दिन लगातार वृद्धि हुँदै नयाँ उचाइतर्फको संकेत गरेको सेयर बजार पुनस् दुई दिन ओरालो लागेको हो। सोमबार देखिएको १२७.३२ अंकको उछाललाई साथ दिनेगरी मंगलबार पनि हरियोमा नै बन्द भएको बजार बुधबार र बिहीबार भने घटेको हो।  

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार