सोमबार, कार्तिक १७ गते २०८३
images
images

नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको नेपाल एयरलाइन्सले नै हो:मन्त्री पाण्डे

एक्सप्रेस पाना
भाद्र २३, २०८१ आइतबार
  • 237
    SHARES
  • नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको नेपाल एयरलाइन्सले नै हो:मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन्।

    images

    भाषा आयोगको नवौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताएका हुन् । 

    नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । 

    images

    मन्त्री पाण्डेले भने,‘नेपाल एयरलाइन्स रिफर्म भयो भने त्यसले नै बुद्ध एयरलाइन्सलाई नियमन गर्छ। टिकट बढी मूल्य लिन सक्दैन। त्यसले नै कतार एयरलाइन्सलाई नियमन गर्छ। उसले पनि टिकटको पैसा बढी लिन सक्दैन। यो दिशामा अब हाम्रो संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा, रिफर्मको दिशामा जानका लागि हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ,’ । ‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ। नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ। नेपाल एयरलाइन्सले नै रहेछ। नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन तबसम्म अरु सुधार्न सक्दैन। अहिले एनएसी भन्छौँ। अब मैले त्यसलाई आरएनएसी नै भन्ने विचार गरेको छ। आरएनएसी भनेको पुरानो रोयल होइन की, रिफर्म नेपाल नेपाल एयरलाइन्स हो। रिफर्म गरेपछि मात्रै यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ,’ ।

     

  • सम्बन्धित विषय:

  • # नेपाल एयरलाइन्स