मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार २५.४६ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र २३, २०८१ आइतबार
  • 226
    SHARES
  • आइतबार २५.४६ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । 

    images

    आज बजार २५.४६ अंकले घटेर २७०१.९ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आइतबारको बजार दिनभर उतारचढावमा रह्यो ।  बजार घट्दा कारोबार रकम केही बढेको छ । बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएको बजारमा आज १० अर्ब १२ करोडको कारोबार भएको छ । 

    images

    आज ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने बाकी ३ कम्पनीको मुल्य स्थिर रहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार