बुधबार, भाद्र २४ गते २०८३
images

सीजीले ल्यायो दसैँतिहार लक्षित ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ अफर योजना

एक्सप्रेस पाना
भाद्र २३, २०८१ आइतबार
  • 228
    SHARES
  • सीजीले ल्यायो दसैँतिहार लक्षित ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ अफर योजना

    काठमाडौं । सीजीले दसैँतिहार लक्षित विशेष अफर तथा छुट योजना ल्याएको छ ।

    images

    कम्पनीका अनुसार ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ योजनाअन्तर्गत सीजीका सामान खरिदमा आर्कषक क्यासब्याक र पक्का उपहार मिल्नेछ ।

    सीजी तथा मरिडियाका सामान खरिदमा ६० हजार ५०० रुपैयाँसम्म क्यासब्याक र ग्यारेन्टी उपहार पाउने कम्पनीले जनाएको छ । 

    images

    कम्पनीका अनुसार, उपहारमा ६५ र ७५ इन्चका सीजीटीभी र ५५ इन्चमाथिको क्युलेड टीभी खरिदमा २.१ स्पिकर पाइन्छ । सीजीको डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राई प्यान र एसबीएस मल्टी डोरको खरिदमा मरिडियाको भ्याकुम क्लिनर मिल्नेछ ।

    माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा एरियल तीन किलोग्राम, डिसवासरको खरिदमा किट निःशुल्क पाइने सीजीले जनाएको छ ।

    यसबाहेक सीजी स्पीकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिदमा क्यासब्याक मिल्ने सीजीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सीजी