काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।
कांग्रेसको केन्द्रिय कार्यलयमा आयोजित एक कार्यक्रमबिच कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा पलेशालाई नगद ५ लाखरुपैयाँ सहित सम्मान गरिएको हो ।
प्रशिक्षक रविराज नेगीलाई सम्मान गरिएको छ ।
पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
.jpg)


