शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षकको सम्मानमा आज विश्व शिक्षक दिवस मनाइँदै

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 553
    SHARES
  • शिक्षकको सम्मानमा आज विश्व शिक्षक दिवस मनाइँदै

    असोज १९ काठमाडौं । आज ५ अक्टोबर अर्थात् विश्व शिक्षक दिवस । हरेक वर्ष आजको दिनलाई गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा मनाइने गरिन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन विश्व शिक्षक दिवस मनाइँदै आएको छ ।

    images

    शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले गरेको सिफारिसलाई आवद्ध राष्ट्रले स्वीकार गरेको दिनलाई दिवसको रूपमा मनाइँदै आइएको छ । 

    यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस संसारभर मनाइँदै छ । विश्वका १०० देशले विश्व शिक्षक दिवस मनाउने गरेका छन् ।  नेपालमा असारको पूर्णिमामा मनाइने गुरू पूर्णिमालाई शिक्षकको सम्मान गर्ने गरिन्छ । 

    images