सोमबार, कार्तिक १७ गते २०८३
images
images

गोर्खा मिडियामा सहकारीबाट गलत ढंगबाट रकम गएको कुरा सही हो तर कसले गर्यो भन्ने अदालतमा गइसकेको छ:सभापति लामिछाने

एक्सप्रेस पाना
भाद्र २४, २०८१ सोमबार
  • 311
    SHARES
  • गोर्खा मिडियामा सहकारीबाट गलत ढंगबाट रकम गएको कुरा सही हो तर कसले गर्यो भन्ने अदालतमा गइसकेको छ:सभापति लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियामा सहकारीबाट गलत ढंगबाट रकम गएको कुरा सही भएको बताएका छन्।

    images

    रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि सोमबार धनगढी पुगेका सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको स्थापित भएको विषय रहेको बताएका हुन्। 

    लामिछानेले क–कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म बाहिरिएका प्रहरी प्रतिवेदन लगायतले देखाएको बताए । 

    images

    उनले भने, ’गोर्खा मिडियालगायत विभिन्न संस्थाहरूमा सहकारीबाट गलत ढंगले पैसा गएको कुरा आइसकेकै कुरा हो, स्थापित भएकै कुरा हो, अनुसन्धानले देखाएको कुरा हो। तर कसले गर्यो भन्ने अदालतमा गइसकेको कुरा हो। क–कसले बदमासी गर्यो भनेर स्पष्ट पारिसकेको हो। त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने हो, प्रमाण हुनवित्तिकै मैले जिम्मेवारी त लिनैपर्छ।’‘मैले त्यसबाट लाभ लिएको हुनुपर्‍यो, मेरो सहभागीता भएको हुनुपर्‍यो। म भएका बेलामा पैसा आएको हुनाले जिम्मेवारी लिनुपर्छ भन्नुभयो। भएका बेला ल्याउने मान्छे को हो ? म भएकै बेलामा कसले ल्यायो? कसरी चाहि मिलेमतो ग¥यो भन्ने कुराको सम्पूर्ण विवरण प्रहरी प्रतिवेदनहरूले दिएकै छन्। अदालतमा मुद्दा दायर हुँदा प्रतिवादीहरू कायम भएकै छन्। बिगो कायम भएकै छन्,’ ।

    प्रतिनिधि सभाले गठन गरेको सहकारी संस्था बचत दुरूपयोगसम्बन्धी विशेष संसदीय छानबिन समितिका सभापति सूर्य थापाले मेहनत गरेको र यसले सहकारी पीडितहरूका लागि निकास निस्कने अपेक्षा रहेको पनि उनले बताए।


     

  • सम्बन्धित विषय:

  • # सभपति रवि लामिछाने
  • # गोर्खा मिडिया