काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ५५.८६ अंकले घटेर २६४६ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १० अर्ब १२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४३ करोडको कारोबार भएको छ । आज २२ कम्पनीको मूल्य बढ्दा २२२ कम्पनीको मूल्य घटेको छ ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ २.२८, विकास बैंक १.८७, फाइनान्स २.२७, होटल तथा पर्यटन २.६७, हाइड्रोपावर २.४४, जीवन बीमा २.४९, उत्पादन १.२५, लगानी ०.३४, माइक्रोफाइनान्स २.३३, निर्जीवन बीमा २.४५, अन्य १.८३ र व्यापार समूह ०.३५ प्रतिशत घटे ।


