बुधबार, भाद्र २४ गते २०८३
images

क्यानडामा हुने विश्वकप लिग–२ शृंखलाका लागी नेपाली टोली घोषणा

एक्सप्रेस पाना
भाद्र २५, २०८१ मंगलबार
  • 261
    SHARES
  • क्यानडामा हुने विश्वकप लिग–२ शृंखलाका लागी नेपाली टोली घोषणा

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ का निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिम सार्वजनिक गरेको हो

    टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा राखिएको छ ।

    images

    टी–२० टिमबाट बाहिर रहेका भीम, आरिफ र अर्जुन एकदिवसीय टिममा फर्किएका छन् । नेपालले भदौ ३१ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ । क्यानडामा हुने खेल असोज १० सम्म हुनेछ ।  नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडासँग खेल्नेछ । त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्ने तालिका रहेको छ ।

    नेपालले लिग–२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

    canlig2.jpg

     

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२