सोमबार, कार्तिक १७ गते २०८३
images
images

एक वर्षमा सुवासचन्द्र नेम्वाङलाई सम्झना गर्ने कयौँ क्षण आए:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 251
    SHARES
  • एक वर्षमा सुवासचन्द्र नेम्वाङलाई सम्झना गर्ने कयौँ क्षण आए:प्रधानमन्त्री ओली

    काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

    images

    तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो । 

    नेम्वाङको स्मृति दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौँ क्षण आएको बताएका छन् । 

    images

    बुधबार सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उनले यस्तो बताएका हुन् । 

    ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो । सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौँ क्षणहरू आए । आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’ । 

     

  • सम्बन्धित विषय:

  • # सुवासचन्द्र नेम्वाङ