सोमबार, कार्तिक १७ गते २०८३
images
images

उपसभापति गुरुङमाथि छानबिन गर्न कांग्रेस तयार

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 252
    SHARES
  • उपसभापति गुरुङमाथि छानबिन गर्न कांग्रेस तयार

    काठमाडौं । नेपाली कांग्रेसले आवश्यक परे उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न तयार रहेको बताएको छ  ।

    images

    बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गुरुङ आफैँले छानबिन गर्न तयार रहेको बताइसकेकाले आवश्यक पर्दा छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

    गुरुङले श्रीमती ज्योतिसँग सम्बन्धविच्छेद रहेको बताएपछि उनीहरूले कागजी रूपमा मात्र सम्बन्धविच्छेद गरेको भन्दै आलोचना भइरहेको थियो ।

    images

    गुरुङले श्रीमती ज्योतिसँग गरेको डिभोर्स नक्कली नरहेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले भने, ‘डिभोर्स डिभोर्स नै हुन्छ । कानुनी प्रक्रिया पूरा गरेपछि कहाँको नक्कली हुन्छ ? बिहे भए पनि बिहे नै हो डिभोर्स भए पनि डिभोर्स नै हो,’ ।

    मितेरी सहकारीमा गुरुङकी पूर्वश्रीमति ज्योति गुरुङ प्रबन्धक रहँदा रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी परेको छ ।