काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
केहि दिनदेखी ओरालो लागेको बजारमा आज केहि अंकले हरीयालि छाएको हो ।
आज बजार ७८.३२ अकंले बढेर २६८८ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बजार ३ प्रतिशत बढेसँग कारोबार रकममा पनि केहि वृद्धि भएको छ । आज ८ अर्ब १६ करोडको कारोबार भएको छ ।
बिहिबार २२९ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मुल्य घटेको छ ।
बाकी ३ कम्पनीको मुल्य स्थिर रहेकोछ । सबैजसो क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.६६, विकास बैंक २.७०, फाइनान्स ३.४०, होटल तथा पर्यटन २.५०, हाइड्रोपावर ४.२४, लगानी ३.७२, जीवन बीमा ३.४६, उत्पादन २.१४, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा २.०१, अन्य ३.८२ र व्यापार ०.६३ प्रतिशत बढे ।


