काठमाडौं । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ ।
सरकारमा सहभागी नवनियुक्त ४ जना मन्त्रीले शुक्रबार बिहान शपथ लिएका छन्।
कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ खुवाएका हुन्। कांग्रेस प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको हो ।
खोटाङका राई भौतिक पूर्वाधारमन्त्री बनेका छन् भने सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् ।
गत साउन १२ मै कोसी सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस डेढ महिनापछि शुक्रबार मन्त्रीसहित सरकारमा गएको हो।
.jpg)


