मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनिमय दर ?

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 208
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

    त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम भएको छ भने बेलायती पाउण्ड एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। 

    images


    आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा निर्धारण भएको छ भने साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा कायम भएको छ। 

    त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा कायम भएको छ। 

    suun.PNG