बुधबार, भाद्र २४ गते २०८३
images

मेस्सीको शानदार कमब्याकमा इन्टर मियामीको सहज जित

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 232
    SHARES
  • मेस्सीको शानदार कमब्याकमा इन्टर मियामीको सहज जित

    काठमाडौं । लामो समय विश्राम गरेपछि लिओनल मेस्सी मैदान फर्किएका छन् ।

    images

    आइतबार बिहान इन्टर मियामीबाट म्याच खेल्दै मेस्सीले फिलाडेल्फियाविरुद्ध मियामीलाई ३–१ को जित दिलाउनेक्रममा दुई गोल गरेर शानदार कमब्याक गरेका हुन् ।

    मेसीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरेका थिए । मेसी गत जुनदेखि इन्टर मियामीका लागि पहिलोपल्ट खेलेका हुन् । इन्टर मियामीका लागि तेस्रो गोल लुइस स्वरेजले गरेका हुन् । स्वरेजले एक गोल असिस्ट समेत गरेका थिए ।

    images

     यस अघि खेलको दोस्रो मिनेटमा नै फिलाडेफियाले मिकाएल उह्रेको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

    २८ खेलबाट शीर्षस्थानमा रहेको इन्टर मियामीले ६२ अंक जोडेको छ । यस्तै, ५२ अंकसहित एफसी सिन्सिनाटी दोस्रो स्थानमा छ । पराजित फिलाडेल्फिया ३० अंकसहित २२औँ स्थानमा छ । 

  • सम्बन्धित विषय:

  • # लिओनल मेस्सी
  • # मेस्सी