आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको भाउ ५०० रुपैयाँले बढ्यो, कति छ कारोबार ?

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 342
    SHARES
  • सुनको भाउ ५०० रुपैयाँले बढ्यो, कति छ कारोबार ?

    असोज १९ काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो । गत सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यद्यपि, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत सोमबार तोलामा एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

     

    images