बुधबार, भाद्र २४ गते २०८३
images

कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० जना मनोनित

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 223
    SHARES
  • कांग्रेसको  पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० जना मनोनित

    काठमाडौं ।  नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० जना नयाँ सदस्य मनोनयन भएका छन् ।

    images

    पार्टी सभापति शेरबहादुर देउवाले आइतबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्यलाई मनोनयन गरेका हुन् । 

    पार्टी केन्द्रीय सदस्य अजयवावु शिवाकोटी प्रमुख रहेको विभागमा पूर्णलाल श्रेष्ठ काठमाडौं,पुष्पराज जोशी कैलाली, डा. राजेन्द्र श्रेष्ठ दोलखा ,नृप साउँद अछाम,प्रकाश राय महोत्तरी,महेन्द्र लामा सिन्धुपाल्चोक, विपिन किरण सुनसरी, आयुष गौतम अर्घाखाँची,चन्दा क्षेत्री स्याङ्जा, र प्रविण ददेल, रूकुमबाट मनोनीत भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # नेपाली कांग्रेस