मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ५०.७३ अंकले घट्यो सेयर बजार, १० अर्ब ३३ करोडको कारोबार

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 223
    SHARES
  • आइतबार ५०.७३ अंकले घट्यो सेयर बजार, १० अर्ब ३३ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । 

    images

    आज बजार ५०.७३ अंकले घटेर २६३७ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज बजार खुलेको केहि मिनेटसम्म नेप्से परिसुचक बढेको थियो तर दिउँसो २ बजेपछि बजारमा बिक्री चाप उच्च हुँदा गिरावट आएको हो ।

    images

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज १० अर्ब ३३ करोडको कारोबार भएको छ । 

    आइतबार कुल २४ कम्पनीको मूल्य बढेको छ भने २१९  कम्पनीको मुल्य घटेको छ । बाकी एक कम्पनीको मुल्य स्थिर रहेको छ । 

    सबै क्षेत्रका सूचक घटेका छन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार